nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भलिवलका प्रशिक्षक श्रेष्ठको प्रतिमा अनावरण

दुई वर्ष पहिले नेपालमा गएको विनासकारी भूकम्पले मकवानपुरका राष्ट्रिय भलिवलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ ज्यान लियो । काठमाडौंमा रहेका बेला उनको निधनको खबरले देशका सारा खेलप्रेमी दुखिःत बने । खेलकुदका माध्यमबाट योगदान गरिरहेका एक जना प्रतिभाको निधनमा देशका विभिन्न ठाउँमा शोक मनाइयो । उनको सम्झनामा मकवानपुरमा प्रतिष्ठान स्थापना पनि गरियो । उनको निधन भएको दिन मकवानपुरमा उनको प्रतिमाको अनावरण गरिएको छ ।

हेटौँडा ४ स्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा स्वर्गीय श्रेष्ठको प्रतिमा अनावरण गरिएको हो । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले निर्माण गरेको प्रतिमालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले अनावरण गरे । प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा अनावरण भएको हो । श्रेष्ठकी धर्मपत्नी मञ्जुकुमारी श्रेष्ठ, मकवानपुरका राजनीतिक दल लगायतको अनावरण कार्यक्रममा उपस्थिती रहेको थियो । प्रतिमा निर्माणका लागि ४ लाख ५० हजार लागत लागेको प्रतिष्ठानले जानकारी दिएको  छ । 

मकवानपुरको भैसेमा २०१५ सालमा जन्मिएका श्रेष्ठले १६ वर्षकै उमेरदेखि नेपाली भलिवलको राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेका थिए । उनी २०४३ सालबाट प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।