Tuesday, 25th August, 2026
वि.स.

भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या

varuwa-banduk-1595661839.jpg

आफ्नै निधारमा बन्दुक चलाउँदा उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । मदिरा सेवन गरेर घर पुगेका लिम्चुङबुङ गाउँपालिका (५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन्।

शुक्रबार राती ८:३० बजे घरमा पहिला नै भरेर राखेको बन्दुक राईले चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । घटना थप अनुसन्धान भइरहेको उनले बताए ।

आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए । एक वर्ष अघि मात्रै राईकी श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif