Wednesday, 19th August, 2026
वि.स.

भदौ ५ गतेभित्र १८ वर्ष पुगेकाले मात्र भोट हाल्न पाउने

election-1503625733.jpg

यही भदौ पाँच गतेभित्र १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाहरुले मात्र आगामी मंसिर महिनामा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।

८ भदाैमा बसेको निर्वाचन आयोगको बैठकले सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेको दिन भदौ ५ गते नै मतदाताको उमेर १८ वर्ष पुगेको हुनुपर्ने निर्णय गरेको हो । ‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्था अनुसार मतदाताको १८ वर्ष पुगेको मिति तोकेको हो ,’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि निर्वाचन आयोगले ०७४ साल भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम संकलन/दर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले आगामी मंसिर १० गते एकैदिन एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउने निर्णय गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif