Tuesday, 25th August, 2026
वि.स.

भदौ १६ पछि मकवानपुरमा निषेधाज्ञाको स्वरुप परिर्वतन हुने 

jisasa-(1)-1598545547.jpg

मकवानपुरमा आगामी भदौ १६ गते पछि आवश्यक व्यवस्थापनका साथ निषेधाज्ञाको स्वरुप परिर्वतन हुने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा भदौ १५ सम्म जारी निषेधाज्ञाको आवश्यक व्यवस्थापन गरेर खुकुलो पार्दै स्वरुप परिर्वतन गरिने भएको हो ।

११ भाद्रमा जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बसेको सर्वपक्षिय÷सर्वदलिय बैठकले आवश्यक तयारी गरेर निषेधाज्ञाको स्वरुप परिर्वतन गर्न सुझाव दिएको छ । जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी कार्यदिशा तय गर्ने उद्ेश्यका साथ बसेको बैठकले स्वास्थ्य सम्बन्धी मापदण्डको कडा कार्यान्वयन गर्दै निषेधाज्ञाको स्वरुपमा परिर्वतन गर्नूपर्ने साथै निषेधाज्ञा खुकुलो पार्दै परिस्थितीलाई क्रमश सहज बनाउदै लानुपर्ने सुझाव दिएको छ । 

प्रमुख खुलालले निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दै लानु पर्ने सबैको सुझाव आएको बताए  । साथै बैठकमा प्रमुख खुलालले सुरक्षा निकाय र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने कुरामा सबैले ध्यान दिनुपर्ने बताए । उनले कोरोना संक्रमितलाई अपमान गर्ने काम नगर्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई दव्र्यवहार नगर्न, होम आइसोलेसनमा बस्नेहरुलाई नियमको पालना गर्न, राजनैतिक दलहरुलाई सकारात्मक समाज निर्माण योगदान गर्न आव्हान गरे । उनले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे । साथै जिल्लाभरिको कोरोनाको अवस्था निक्र्यौल गर्न स्थानीय तह समन्वय बैठक तुरुन्त बस्ने समेत उनले बताए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif