Tuesday, 25th August, 2026
वि.स.

ब्राउन सुगरसहित तीन जना पक्राउ

arrest-1592816045.jpg

 प्रहरीले लागूपदार्थ ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । 

झापा कमल गाउँपालिका ५ बस्ने २० वर्षीय दिपेश थापा, झापा गाउँपालिका–४ बस्ने २१ वर्षीय सेराज अली र सोही ठाउँका २३ वर्षीय अनन्तप्रसाद गणेशलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको कमल गाउँपालिका–५ पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको मे ११ प ६५४६ नम्बरको मोटरसाइकल र बा ४४प ९७८५ नम्बरको मोटरसाइकल शंका लागि जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले ३५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

आरोपीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानाए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif