Tuesday, 18th August, 2026
वि.स.

बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग

Back-2-1621677604.jpg

बागमती प्रदेश सरकारलाई जर्मनीको एक गैरसरकारी संस्था "ब्याक टु लाइफ"ले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करीब १ करोड ७० लाख बराबरका विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको विशेष उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण गरिएको छ । 

संस्थाले मोबाइल उक्सरे २ थान, अक्सिजन कन्सन्ट्रेटर १८ थान, फेससिल्ड २ हजार ७ सय थान, पिपिइ ग्लोब्स ३० थान, सर्जिकल मास्क १ लाख थानलगायतको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अति आवश्यक स्वासथ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

कोभिड महामारीको बेला सामग्री सहयोग गर्ने संस्था र जर्मन सरकारप्रति खुशी व्यक्त गर्दै मुख्यमन्त्री पौडेल र मन्त्री बस्नेतले धन्यवाद दिए । 

यस संस्थाले सन् २००९ देखि नेपालमा स्वास्थ्य, शिक्षा र सामुदायिक क्षेत्रमा काम गर्दै आएको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif