Tuesday, 25th August, 2026
वि.स.

बैशाखयता बाढी ,पहिरो र चट्याङका कारण १ सय ८१ जनाको मृत्यु

pahiro-1596003956.jpg

 अविरल वर्षाको कारण आएको बाढी पहिरोले देशैभरको जनजीवन प्रभावित बनाएको छ ।यसबर्ष चट्याङ लागेर पनि ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएका छन् ।वैशाखदेखि यही साउन ९ गतेसम्ममा बाढी पहिरो र चट्याङ्का कारण १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् ।

त्यसैगरी २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट छ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

मनसुन शुरु भएको समय ९जेठ ३१० पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ । सो अवधिमा बाढी, पहिरा र चट्याङका कारण १४१ जनाको मृत्यु भएकामा पहिराले मात्रै १२६ जनाको ज्यान लियो । बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरामै परेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif