Friday, 21st August, 2026
वि.स.

बैशाखभित्रै सबै योजना सम्पन्न गर्ने राक्सिराङ गाउँपालिकाको लक्ष्य

raxirang-1583938885.jpg

चालू आर्थिक बर्षका लागि बिनियोजित भएका सबै योजनाहरु बैशाख महिनाभित्रमा सक्नेगरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले काम अघि बढाएको छ ।

गाउँपालिकाले फागुन १५ गतेभित्रसम्ममा सबै योजनाहरुको सम्झौता गर्नका लागि ठेकेदार, परामर्शदाता तथा उपभोक्ता समितिहरुलाई अनुरोध गरेको थियो । अनुरोध बमोजिम बिनियोजित कूल ३३१ वटा योजनामध्ये २१२ वटा योजना सम्झौता भएको योजना अधिकृत चुननारायण श्रेष्ठले जानकारी दिए  । उनका अनुसार सम्झौता भएकामध्ये ५७ वटा योजनाहरु सम्पन्न भइसकेका छन् । बिषयगत तालिम, गोष्ठी र सफ्टवेयरका ११९ वटा कार्यक्रमहरु मात्रै सम्झौता गर्न बाँकी रहेको अधिकृत श्रेष्ठले जानकारी दिए ।

हरेक बर्ष आर्थिक बर्षको अन्तिममा हतारिएर योजना फरफारक र अनुगमन, मूल्यांकन गर्ने कार्यलाई निरुत्साहित पार्न यसबर्ष बैशाखभित्रै सबै योजनाहरु सम्पन्न गराउने तयारीका साथ काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । चालू आर्थिक बर्षको योजनाहरुको सम्पन्नतासँगै आगामी आर्थिक बर्षको योजना निर्माणका लागि पनि कार्यतालिका बनाएर काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । कार्यतालिका अनुसार आगामी आर्थिक बर्षको गाउँसभा २०७७ सालको असार २६ गते आयोजना हुने तयारी छ ।

हरेक बर्ष आर्थिक बर्षको अन्तिममा हतारिएर योजना फरफारक र अनुगमन÷मूल्यांकन गर्ने कार्यलाई निरुत्साहित पार्न यसबर्ष बैशाखभित्रै सबै योजनाहरु सम्पन्न गराउने तयारीका साथ काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । चालू आर्थिक बर्षको योजनाहरुको सम्पन्नतासँगै आगामी आर्थिक बर्षको योजना निर्माणका लागि पनि कार्यतालिका बनाएर काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । कार्यतालिका अनुसार आगामी आर्थिक बर्षको गाउँसभा २०७७ सालको असार २६ गते आयोजना हुने तयारी छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif