nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बीपी राजमार्ग एकतर्फी रुपमा खुल्यो त्रिभुवन राजपथमा सवारी चाप घट्ने

सिन्धुली जोडिने बीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ। ९ फागुन राती ११ बजे सुख्खा पहिरोले अवरुद्ध भएको राजमार्ग एकातर्फी रुपमा खुलेको हो । राजमार्ग भत्केपछि पूर्वी नेपालका साना सवारी त्रिभुवन राजथको थााहानगर सडक खण्ड हुँदै संचालन भएका थिए । एकातर्फ रुपमा बीपिी राजमार्गमा सवारी आवागमन शुरु भएपछि त्रिभुवन राजपथमा सवारी चाप कम हुने अपेक्षा गरिएको छ ।

राजमार्ग निर्माणताको सहायक मार्गलाई मर्मत गरी एकतर्फी सवारी सञ्चालनमा ल्याइएको बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिए।  तर राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन अनुमति नदिइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बताए।

हाललाई साँझ परेपछि राजमार्ग बन्द गरिने र बिहान ६ बजेदेखि मात्र सवारी सञ्चालन अनुमति दिइनेछ।