Wednesday, 26th August, 2026
वि.स.

बिहेबाट फर्किदै गर्दा अपरिचित व्यक्तिले खुट्टा काटिदिए

crime-1603767599.jpg

गएराति अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

आफन्तको बिहेमा गएका बिकलाई तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा अपरिचत समूहले बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिर काटेर छुट्याइदिएका छन् । दुबैहातका हत्केला र औंलामा समेत खुकरीको गहिरो चोट लागेको छ । घाइतेको विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य तिब्र पारेको प्रहरीले बताएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif