Tuesday, 25th August, 2026
वि.स.

बिहीबार १०८ जनाको कोरोना रिपोर्ट पोजिटिभ

gautam-1594292183.jpg

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको हो। 

बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।  स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार पाँच सय ८८ जनाको नमुना परीक्षण गरिएको छ। 

स्वास्थ्य मन्त्रालयले संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भिडभाडले अझ खतरा हुने प्रति सचेत गराएको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमले यस्तो आग्रह गरेका हुन् । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको संख्या घट्नु संक्रमणको जोखिम घट्नु नभएको भन्दै उनले सचेत हुन सबैलाई आग्रह गरेका हुन् । 

अहिले क्वारेन्टाइनमा २४ हजार ४ सय २५ जना रहेका छन् भने आठ हजार ६ सय ५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टा एक सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने सात हजार आठ सय ९१ पुगेको छ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif