Tuesday, 25th August, 2026
वि.स.

बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो

chatyang-1593157780.jpg

 भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् ।

हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।

सबैभन्दा धेरै बिहारको गोपालगञ्ज जिल्लामा १३ जनाको मृत्यु भएको छ । यस्तै नवादा र पश्चिमी चम्पारण जिल्लामा आठ आठ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा ७२ घण्टाका लागि मौसमी चेतावनी जारी गरिएको थियो ।

भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो । मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

बिहारमा समय समयमा पर्ने गरेको चट्याङ्बाट ठूलो संख्याका नागरिकको ज्यान जाने गरेको पाइएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार ४ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन ।
एजेन्सी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif