Tuesday, 25th August, 2026
वि.स.

बिरामी सुरक्षा दिवसका अवसरमा रेडियो इन्द्रसरोवरमा दीप प्रज्वलन

Indra-1600391637.jpg

विश्व बिरामी सुरक्षा दिवसका अवसरमा १ असोजमा दीप प्रज्वलन गरिएकाे छ ।

सरकारको अव्हानलाई कार्यान्वयन गर्दै सामुदायिक रेडियो इन्द्रसरोवर १०५.८ मेगाहर्जले दीप प्रज्वलन गरेको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोभिड १९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन विश्व बिरामी सुरक्षा दिवसका बेलुका घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको थियो ।

इन्द्रसरोवर युवा क्लब द्घारा सञ्चालित रेडियोले सरकारको आव्हान र स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गरेको रेडियो इन्द्रसरोवरका स्टेशन म्यानेजर मणिराज थापाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif