thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

बिआरआई परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं पोडवे

Screenshot_20241202_19562-1733203438.jpg

बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ । सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले साँसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा-काठमाडौं सार्बजनिक यातायात पोडवे संचालन गर्नुपर्ने वताएका थिए ।

१९८२ सालमा नै हेटौंडाको चौकिटोल देखि काठमाडौंको टेकु भन्सार सम्म रोपवे संचालन भएको थियो । यो रोपवे भिमफेदी-कुलेखानी भएर यात्रा गर्दा बाटोबाट तारमा झुण्डिरहेको डिब्बा देख्न सकिन्छ । यो जिर्ण अवस्थामा भएको रोपवेकै ठाउँमा आधुनिक सार्बजनिक यातायातको साधन पोडवे संचालन गर्न सकिन्छ भनेर वर्तौलाले बिषय उठान गर्दै आएका छन् । आज भएको प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको बिआरआई कार्यान्वयनको सुचिमा यो परियोजना समाबेश रहेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुपुर्व यी लगायत धेरै वटा परियोजनाहरु हिजै मन्त्रीपरिषदको बैठक राखेर एजेन्डाको रुपमा पास गरिसकेको छ । बिआरआइमा यो परियोजना हस्ताक्षर भएर कार्यान्वयन हुन सके हेटौंडा-काठमाडौंको जोखिमपूर्ण यात्रा सहज यात्रामा परिणत हुनेछ । 

अहिले हेटौंडाबाट काठमाडौं जाँदा करिव ३ घण्टा भन्दा बढी जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा नारायणघाट-मुग्लिन भएर यात्रा गर्नुपर्ने बाध्यता छ । यो पोडवे संचालनमा आउँदा करिव आधा घण्टाकै समयमा हेटौंडा-काठमाडौं यात्रा गर्न सकिन्छ । यसले काठमाडौंसंग हेटौंडा लगायत आसपासका जिल्ला र प्रदेशहरु तथा छिमेकी राष्ट्र भारतको पहुँच वृद्धि हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०