Tuesday, 25th August, 2026
वि.स.

बाह्रबिसे पहिरो अपडेट: ७ जनाको शव भेटियो, २४ अझै बेपत्ता

pahiro-1599976543.png

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो।

पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए।शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ(ठाउँमा पहिरो गएको छ।

माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उनले बताए। यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो।

तर, सम्भावना नआँकिएको ठाउँमै पहिरो गएको शेर्पाले बताए।

‘अरू ठाउँहरू हेरेका थियौं, चिरा परेका ठाउँ थिए, यहाँ पहिरो जाने सम्भावना देखिएको थिएन,’ शेर्पाले भने।

उनका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन्। घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ।

प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ। बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

यसैबीच सभामुख अग्नि सापकोटा पहिरो गएको ठाउँमा पुगेका छन्। पहिरोको खबर आएपछि  सभामुख सापकोटा आइतबार बिहान काठमाडौंबाट गएका हुन्। यो उनको निर्वाचन क्षेत्र हो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif