Thursday, 2nd July, 2026
वि.स.

स्थानिय बासीहरु ठुलो मनकाः–नगर प्रमुख बिष्ट

IMG_20180420_125859-1524383694.jpg

बिकास निर्माणको लागि जग्गा दान गर्ने स्थानिय बासीहरु ठुलो मनको भएको भन्दै जग्गादाताहरु प्रति नगर प्रमुख लबसेर बिष्टले आभार ब्यक्त गरेको छन । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा राहत तथा सम्मानपत्र बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले यस्तो बताएका हुन । नगरको बिकासको लागि सडकहरुमा परेको जग्गाको जग्गा धनिहरुलाई नगरपालिकाले पैसा दिन नसक्ने र त्यस्तो काममा राज्यले पनि पैसा दिन नसक्ने भएकाले जग्गा धनीहरुले गरेको सहयोग निक्कै नै सराहनिय रहेको र अन्य कामहरुमा पनि यसरी निरन्तर सहयोग भएका नगरको बिकासले गति लिन सक्ने बताए । 


जिल्ला समन्वय समिति, जिल्ला प्रबिधिक कार्यालय र राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रमको आयोजनामा दामन–डाँडाबास सडक खण्ड स्तरोन्नतीको क्रममा सडकलाई जग्गा दान तथा सहयोग गर्ने स्थानिय बासीहरुलाई शुक्रबार राहत तथा सम्मानपत्र बितरण कार्यक्रम गरिएको हो । दामन–डाँडाबास–बैकुण्ठ–खैराङ–काँकडा सडकको स्तरोन्नतीको क्रममा जग्गा सहयोग गरी स्तरोन्नती गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सडकमा जग्गा परेका जग्गा धनीहरुलाई कार्यक्रम मार्फत सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।


थाहा नगरपालिकाका नगर प्रमुख लवसेर बिष्टको प्रमुख आतिथ्यता सञ्चालन भएको कार्यक्रममा दामन–डाँडाबास स्थानिय सडक उपभोक्ता समितिका अध्यक्ष मनोज अधिकारी सभाध्यक्षता तथा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको बिशिष्ट आतिथ्यता रहेका थियो । साथै कार्यक्रममा प्रोजेक्ट म्यानेजर ललित चौधरी, सोमराज तिमल्सिना, उपभोक्ता समितिका उपाध्यक्ष कमल कुमार केसी, ३ नं वडाका वडाध्यक्ष राजेश केसी लगायतको आतिथ्यता रहेको थियो ।
सडकमा जग्गा परेका स्थानियलाई राहत स्वरुप ५ सय रुपैँया दिने ब्यवस्था रहेको छ । हाल सम्म जानकारीमा आएको ७२ परिवारको उक्त सडकमा जग्गा परेकोमा पहिले नै ३६ जनाले राहत रकम पाइसकेको थियो भने शुक्रकबार भएको कार्यक्रममा ८ जनाले राहत रकम बुझिलिएको जनाइएको छ । राहत रकम लिन बाँकी रहेका परिवारलाई बैशाख मसान्त भित्रमा लिइसक्न उप आयोजनाका सामाजिक परिचालक जितेन्द्र केसीले जानकारी गराएका छन । 
कार्यक्रममा बोल्दै सभाध्यक्ष मनोज अधिकारीले सडकको आयोजना सञ्चालनमा पहिलो जग्गा दाताहरु, दोस्रो जिल्ला बिकास समिति र प्राबिधिकहरु र तेस्रो बिश्व बैंकको महत्वपुर्ण योगदान रहेको बताए । कार्यक्रममा बोल्दै प्रोजेक्ट म्यानेजर ललित चौधरीले आफ्नो नातेदार तथा दाजुभाईलाई जग्गा दिन समेत अप्ठ्यारो मान्ने अवस्थामा सरकारको नाममा सडकको लागि जग्गा दान गर्नु धेरै ठुलो दान भएको बताए । जग्गा दानले दानदातालाई पनि सहजता हुने भएकाले दानदातहरुमा फाइदा रहेको समेत उनले बताए । स्तरोन्नतीको योजना मात्र भएको कारण ओटासील मात्र गर्ने डिजाइन भएको कारण भारी बर्षादको समयमा वटासील बिग्रीएमा वा भत्किहालेमा पनि अप्ठेरो नमान्न प्रष्ट पारेका छन । दामन–डाँडाबास सडकको ११ किलोमिटर सडकममा ओटासील गरिएको र लगभग जेठको ५ गते सम्म सकिने चौधरीले बताए ।


कार्यक्रमको बिचमा गुनासो ब्यक्त गर्दै स्थानिय उपभोक्ता हरिकृष्ण कार्कीले स्तरोन्नतीको क्रममा आयोजनाले स्थानिय उपभोक्ताले पहिले नै निर्माण गरेको भुङ्दाल देखि बायोखोला सम्मको कालोपत्रे सडकमा कसैलाई पनि मेशिन हिडाउन नदिएको भए पनि उक्त आयोजनाले पुनः निर्माण गर्ने हो भनि चेनवाला मेशिन हिडाएपछि कालोपत्रे बिग्रिएको छ तर अहिले टालिने र निर्माण नहुने भनिएको भन्दै गुनासो ब्यक्त गरेका छन । उक्त बिषयमा निर्माण गर्ने प्रयास गर्ने आयोजनाले जनाएको छ ।
कार्यक्रममा नगर उपप्रमुख गोपालीले दामन–डाँडाबास सडकले थाहा नगरपालिका देखि कैलाश गाउँपालिका सम्मको जनताहरुलाई सहज भएको बताए । टाढा देखि तरकारी भारी बोक्ने समस्याको न्युनिकरण भएको बताउदै यात्राको लागि समेत सहजता भएको उनले बताए ।
कार्यक्रम पश्चात शान्तिपुर दैनिक संवाददाता संग कुराकानी गर्दै घर्तिखोला तल्लोगाउँका स्थानिय राम बहादुर कार्कीले आफ्नो एक्कै ठाउँको ११ आना जग्गा सडकमा परे पनि आफु निक्कै नै खुशीसाथ दिएकोे बताए । अर्का खड्ग बहादुर खत्री पनि आफ्नो जग्गा सडकमा परे पनि कुनै दुख नलागेको बताउँछन । नागदहका स्थानिय रेणु रायमाझी भन्छिन “आफ्नो जग्गा पनि काटेको भनेर वाल लगाइसकेपछि थाहा भयो, दिन भने पथ्र्यो नै तैपनि गुनासो भने रहेको छ ।” आफ्नो ३ आना जग्गा सडकमा परे पनि खुशी भएको डाँडागाउँका ५७ बर्षिय बृद्ध रिता परियारले बताइन । “पहिले धेरै भारी बोकेर आउनु पथ्र्याे, यहाँ सम्म हिडेर आउनु पथ्र्यो तर अहिले सहज छ, दैलो मै ओर्लिन पाउँछौँ त्यसैले खुशी लाग्छ” ५७ बर्षिय बृद्ध परियारले बताइन । 
अर्का एक धने दमाईले भने जग्गा परेर पनि नाम नआएको प्रति दुख लागेको भन्दै गुनासो गरेका छन । मालपोत र नापी दुबैले हेर्दा पनि नदेखिए पछि उनको नाम छुटेको तर अब गुनासोमा परेर सुनुवाइ र समाधान हुने आयोजनाका प्रतिनिधिले बताएका छन । अर्का हेम बहादुर केसीले भने चाहे जती जग्गा काटे पनि दुखी नभएको बताए । पटक पटक साघुँरो भयो भन्दै काट्नु भन्दा एकै पटक आवश्यक मात्रामा काटेर काम गरेमा सबैलाई सहज हुने उनको बुझाइ रहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।