Monday, 17th August, 2026
वि.स.

बाल दिवसको अबसरमा महाचुनीमा विविध कार्यक्रम हुने

राष्ट्रिय बाल दिवसको अवसरमा महाचुनी माध्यामिक विद्यालयमा विविध कार्यक्रम हुने भएको छ । बालबालिकाको हक अधिकारको संरक्षण गरि बालबालिकाहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ बालमैत्री वडा घोषणा भैसकेको उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ को फाखेल खड्बुमा रहेको विद्यालयमा बाल दिवस कै अवसरमा कार्यक्रम गरिने भएको हो । विद्यालयका अनुसार प्रारम्भिक बाल बिकास केन्द्रमा रहेका बाल बालिका बीच हेल्दी बेबी प्रतियोगिता, कक्षा १ देखि ३ सम्मका बालबालिका बीच नृत्य तथा परिचय दिने प्रतियोगिता, कक्षा ४ देखी ८ मा पढ्ने बालबालिका बीच हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु संचालन हुने भएको हो । 


इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा इन्द्रसरोवर ५ मा रहेका ३ वटा बिद्यालयहरू बीच सो प्रतियोगिता हुने भएको हो ।

फोटो पुरानो



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Thaha-002-1774415222.gif