Monday, 17th August, 2026
वि.स.

बालिका हत्या गरेको आरोपमा २ जना पक्राउ

pakrau2-1624269962.jpg

गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।  डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।

हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ । यौन दुर्व्यवहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ । हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif