Tuesday, 25th August, 2026
वि.स.

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

222-1597220033.jpg

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–६ बरलामा एक युवक पक्राउ परेका छन् । बालिकाका बाबुको उजुरीका आधारमा प्रहरीले २७ वर्षीय प्रकाश परियारलाई बुधबार घरबाटै पक्राउ गरेको हो ।

परिवारले प्रहरीलाई जनाएअनुसार गत आइतबार आफन्तका छोराको जन्मदिन मनाउन गएका बेला बालिकालाई परियारले प्रलोभनमा पारी राति एकान्तमा लगेर बलात्कार गरेका थिए । बालिकाले सोमबार घटनाबारे बुबालाई बताएकी थिइन् । परियारलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रनाउ ढकेन्द्र खतिवडाले बताए ।

कालिमाटी गाउँपालिका–३ रामपुर घर भएका बालिकाका बुबा कामको सिलसिलामा १० वर्षदेखि बरला बस्दै आएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif