Tuesday, 25th August, 2026
वि.स.

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

rape-1594881321.jpg

 रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले पक्राउ गरेको हो । २ दिनअघि गुजरा ५ लक्ष्मीपुर गाउ“की एक १४ वर्षीया बालिका सौच गर्न खेतमा जाने क्रममा शेख तुफानीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । 

अभियुक्त तुफानीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थमाएर अनुसन्धान भैइरहेको सई लतिफ अन्सारीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif