Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बारामा बम विस्फोट

Simra-1479721144.jpg

बाराको गढीमाई नगरपालिका १ पथलैयामा रहेको शंकर लामाको घरमा सोमबार बम विष्फोट भएको छ । गोपीलाल श्रेष्ठ नामका अर्का एक स्थानीय घरभित्र छिरेको र उनकै हातमा बम पड्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

विष्फोटमा परी गढीमाई १२ पिलुवाका गोपीलाल घाइते भएका छन् । विष्फोटले गोपीलालको हातमा चोट लागेको छ । उनको उपचारका लागि स्वास्थ्य संस्था पठाइएको छ । घट्ना रहस्यमय रहेको र शंकार र गोपीलालबीचको सम्बन्धबारे प्रहरीले छानबिन गरिरहेको छ।  घटनास्थलमा पुगेको प्रहरीले घरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। लामाको घर पछाडि एउटा कालो पोको देखिएकाले त्यसबारे पनि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोबिन्द कुमार कार्कीले जानकारी दिए ।

आठ जनाको परिवार रहेको लामाका घरमा रहेका परिवार सदस्य सबै सकुशल छन् । सबैलाई घरबाहिर निकालेर प्रहरीले घरमा खानतलासि गरिरहेको छ । लामा स्थानीय वन समितिका सदस्य हुन् । बम ल्याउने श्रेष्ठ र लामाका विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।