Tuesday, 25th August, 2026
वि.स.

बाढी पहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई एक लाख दिने बागमती प्रदेश सरकारको निर्णय

bagmati-pradesh-1594544064.jpg

बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आज आइतवार बसेको बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैँया राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउने २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।

त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र बेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने प्रवक्ता ढुंगेलले बताए ।उनले विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने समेत बताए ।

त्यसैगरी आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा २ वटा विधेयक प्रस्तुत हुने भएको छ । सो विधेयकहरु प्रदेशमा आर्थिक कार्यविधि ऐनको प्रथम संसोधन २०७७ को मस्यौदा र वातावरण संरक्षण गर्न बनेको अध्यादेश २०७७ रहेको पनि प्रवक्ता ढुंगेलले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif