Monday, 17th August, 2026
वि.स.

बाढीले सवारी आवागमनमा समस्या भएपछि पालुङ खाेलामा डाइभर्सन निर्माण

IMG_20210626_120551-1624689622.jpg

थाहा नगरपालिकाकाे इन्द्रायणी मोटर बाटोको इन्द्रायणी चौर-पालुङ खोलामा ह्युम पाइपसहितको सडककाे बैकल्पिक व्यवस्था गरिएकाे  छ  । अहिले डाइभर्सन तयार भएपछि मुख्य सडक तथा बजार आउजाउमा सहज भएको छ ।

साे खाेलामा पक्की पुल निर्माण भइरहेका छ । पुल निर्माणकाे क्रममा साविककाे ह्युमपाइप निकालिएकाेमा अहिले वर्षाका कारण सवारी आवागमनमा समस्या भएकाे थियाे । पुनः ह्युमपाइप राखेर बैकल्पिक सडककाे व्यवस्था गरिएपछि सवारी आवागमन सहज भएकाे सपना निर्माण सेवाका प्रतिनिधि सुजन कार्कीले बताए ।

बागमती प्रदेशअन्तर्गतको पूर्वाधार विकास मन्त्रालयबाट ५ करोड ७४ लाखमा ठेक्का पाएको साे निर्माण सेवाले आउँदो २०७९ असार सम्म पक्की पुल निर्माण सम्पन्न गर्ने लक्ष राखेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif