nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाढीले बगाउँदा थाहानगरका सूर्यप्रसाद ढकाल बेपत्ता

थाहा नगरपालिका वडा नम्बर २ का सूर्यप्रसाद ढकाल बाढीले बगाएर बेपत्ता भएका छन् । धादिङ जिल्लाको निगाले खोलाले बगाउँदा ३९ वर्षीय ढकाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

धादिङ ससुराली भएका ढकाल बडादशैंको टीका थाप्न मोटरसाइकलमा श्रीमतीसहित ससुराली गएका थिए । ससुरालीबाट घर फर्किने क्रममा उनलाई निगाले खोलामा आएको बाढीले बगाएको हो । 

आफन्तका अनुसार श्रीमतीलाई खोला तारेपछि मोटरसाइकल तार्ने क्रममा उनलाई बाढीले बगाएको हो । 

प्रहरीले बेपत्ता ढकालको खोजी जारी राखेको छ । तर वर्षा जारी रहेको र बाढीको बहाव बढि भएकोले कठिनाइ भइरहेको धादिङ प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)