nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागेश्वरीमा बस, विद्यार्थीलाई सुविधा

IMG_20231013_201256-1697208832.jpg

थाहा  नगरपालिका वडा नम्बर ११ मा रहेकाे बागेश्वरी माविका विद्यार्थीले अब बस सुविधा पाउने भएका छन् । बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयले उक्त विद्यालयलाई बस दिएकाे छ ।

२६ असोजमा विद्यालयमा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले विद्यालयलाई बस हस्तान्तरण गरिन् ।

थाहाकाे ११ र १२ वडा साविक टिस्टुङ गाविसकै एउटै माविमा बस सुविधा नहुँदा विद्यार्थीहरु घण्टाैँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता थियाे । नतीजास्वरुप विद्यालय छाड्ने र बालविवाह गर्ने दर घटेकाे थिएन ।

विद्यालयले दशकदेखि बस सञ्चालन गर्न पहल गरेकाे थियाे । अन्तत: बसकाे व्यवस्था भएपछि हेडमास्टर विरमान स्याङ्तानले खुशी हुँदै भने "यसले टाढाका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउन सक्नेछन् । '

बस हस्तान्तारण कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर बिष्टले विद्यालयमा निःशुल्क खाजा समेत पाइने र जान–आउन बस सुविधा भएसँगै विद्यार्थीको चाप बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्टको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षकहरुलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष दिनेश बल, निवर्तमान वडा अध्यक्ष किरणमान बल, वडा न १ का अध्यक्ष हेरमान गोपाली, वडा न १२ का कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बा, माओवादी थाहानगर अध्यक्ष बिनोदकुमार लामा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साे अवसरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यार्थीहरुले दशैँ विशेष साँस्कृतिक प्रस्तुति दिएका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)