Wednesday, 19th August, 2026
वि.स.

बागमती प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव, कर्मचारी, संघसंस्था र पत्रकारलाई सम्मान

33-1613030616.jpg

बागमती प्रदेश सरकारले तेस्रो वर्ष पुरा गरेको छ । प्रदेश सरकारले तीन वर्षभरी गरेका कामको विवरण समेटिएको पुस्तक समेत विमोचन गरेको छ । आफ्नो तेस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार बिहान गरिएको छ । वार्षिकोत्सवका अवसरमा विभीन्न व्यक्तित्वहरुलाई  बिहिबार सम्मान गरिएको छ ।

बिभीन्न मन्त्रालयबाट उत्कृष्ट काम गर्ने कर्मचारी, बिभीन्न संघसंस्था र कर्मचारीहरु समेतलाई सम्मान गरिएको छ । प्रदेशका प्रमुख सचिब डाक्टर मानबहादुर विके, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार लामा, सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाई लगायतकालाई बिशेष सम्मान गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल टेलिभिजन मकवानपुरका संबाददाता दिपेन्द्र रोक्कालाई नगद २५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । त्यसैगरी बिभीन्न मन्त्रालयका कर्मचारी र संघसंस्थाहरुलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भुमी व्यवस्थाप कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद दुङगेल, बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर विके विभिन्न् मन्त्रालयका सचिव सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । बागमती प्रदेश सरकारको ३ बर्ष पुगेको अवसरमा पुस्तक बिमोचन गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif