Wednesday, 19th August, 2026
वि.स.

बागमती प्रदेश सभाको बैठक स्थगित

b-1613541201.jpg

बागमती प्रदेशको प्रदेशसभा बैठक लगातार दोस्रो पटक पुन स्थगित भएको छ । आज दिउसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक विशेष कारणले अर्को सूचना नभए सम्मको लागि स्थगित भएको सुचना जारी गरिएको छ ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा “मिति २०७७ फागुन ५ गते बुधबार दिनको २ बजे बस्ने गरी निर्धारण गरिएको प्रदेश सभाको बैठक बिशेष कारणले गर्दा माननिय सभामुखखज्यूले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सुचना नभएसम्मको लागि स्थगित गर्नु भएकोले माननीय सदस्यज्यूहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको व्योहोरा निर्देशानुसार अनुरोध गर्दछु ।”

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी फागुन ५ गतेसम्मको लागि स्थगित गरिएको थियो । आजको बैठकमा मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने बताईएको थियो । प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif