Monday, 24th August, 2026
वि.स.

बागमती प्रदेश प्रवेश गर्दा सेनिटाइज अनिवार्य 

DM-hetauda-1587730282.JPG

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रीने यात्रुहरूलाई हेटौंडा उपमहानगरले सेनेटाईज गरेर भित्राउने व्यवस्था गरेको छ । हेटौंडा–१५ रातोमाटेमा अटोमेटिक सनेटाईजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्रीले डोरमणी पौडेलले १२ वैशाखमा सुरुवात गरेका हुन् । रातोमाटे प्रदेश–२ बाट बागमती प्रवेश गर्ने मुख्य नाका पनि हो । 

रातोमाटे हुँदै बागमती प्रदेश प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई  अनिवार्य सेनेटाईज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिए । अत्यावश्यक सेवा दिनुपर्ने स्थानहरूमा तत्काल यो मेसिन प्रदेशका बिभिन्न स्थानहरुमा जडान गरीने उनले बताए । रातोमाटे चेकपोष्टमा ड्युटीमा बसेका प्रहरीहरुले यात्रुहरुलाई सेनिटाइज गर्ने व्यवस्था मिलाइएको छ । 

नेपाल युवा उद्यमी मञ्च चितवनले निर्माण गरेको २ सय लिटर क्षमताको मेसिनबाट एक पटकमा २ हजार जनालाई सेनेटाईज गर्न सकिने छ । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने उक्त मेसिनको मूल्य एक लाख ६० हजार रुपैंया रहेको छ । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif