Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेशमा ७ हजार र्‍यापिड टेष्ट

test-1587708065.jpg

बागमती प्रदेशका जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको ७ हजार १ सय ४३ जनामा परीक्षण गरिएको छ । प्रदेशका १३ वटै जिल्लामा र्‍यापिड टेष्ट गर्दा १४ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिए । हिजो मात्र बागमती प्रदेशमा ४ सय ७५ जनाको आरडीटी विधिबाट परिक्षण गरिएको हो ।

 मकवानपुरका दश वटै स्थानीय तहमा गरेर ४ सय ८० जनाको र्‍यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य चार जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्धालयलय जनाएको छ । अरु ४ सय ७६ जनाको आरडीटी रिपोर्ट नेगेटीभ आएको छ ।

र्‍यापिड टेष्ट काठमाण्डौमा २ हजार २ सय २५ जना, भक्तपुरमा ३ सय ४६ जना, ललितपुरमा ४ सय ५६ जना, रसुवामा ५५ जना, नुवाकोटमा ४ सय ८४ जना, धादिङमा ५ सय ३८ जना, चितवनमा ७ सय १७ जना, सिंधुलीमा ४ सय ५९ जना, रामेछापमा १ सय ५५ जना, दोलखामा ३ सय ३३ जना, काभ्रेमा ४ सय ७९ जना, सिन्धुपाल्चोकमा ४ सय १४ जनामा गरिएको हो । हिजो मात्र ४ सय ५५ जनामा र्‍यापिड टेष्ट गरिएको मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०