Monday, 24th August, 2026
वि.स.

बागमती प्रदेशमा ६ हजार ७५५ को कोरोना परीक्षण

CORONA-Test-1587466719.jpg

बागमती प्रदेशमा हालसम्म छ हजार ७ सय ५५ जनाको कोरोना परीक्षण गरीएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको ल्याब तथा स्वास्थ्य संस्थाहरु मार्फत उनीहरुको परीक्षण गरिएको हो । प्रदेशले एक हजार ६ सय १६ जनाको स्वाब संकलन गरेर पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरेको मन्त्रालयका डाक्टर पुरुषोत्तम सेडाईले जानकारी दिए । परीक्षण गरिएकाहरु मध्ये हालसम्म ६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको मन्त्रालयले जनाएको छ । उक्त विवरण यसअघि नै सार्वजनिक गरिसकिएको छ । 

त्यसैगरी प्रदेशभरीमा आरडीटी किटबाट भने ५ हजार १ सय ३९ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । ती मध्येमा ५ हजार १ सय २५ जनाको रिपोर्ट नेगेटीभ आएको छ । अरु १४ जनाको रिपोर्ट पोजेटिभ देखिएकोले मन्त्रालयले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

मन्त्रालय मातहतका जिल्लामा पीसीआर र आरडीटी विधीबाट कोरोना परिक्षणको काम निरन्तर भैरहेको सामाजिक विकास मन्त्रालयका सेडाईले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०