Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेशमा हाल सम्म १७ जनामा कोरोना संक्रमण

 विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण बागमती प्रदेशमा मात्र हाल सम्म १७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित मध्यमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

देशैभरी कोरोना संक्रमित २ सय ९५ जना मध्यमा बागमती प्रदेशमा १७ जना कोरोना संक्रमित रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिए ।

कोरोना संक्रमणकै कारण बागमती प्रदेशको सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सवैभन्दा वढी पर्षा जिल्लामा प्रभावित भएका छन् । भारतिय बोडर नजिक भएकाले पनि पर्षामा कोरोना संक्रमित धेरै जना देखापरेका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०