Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशमा लकडाउन उलंघन गर्ने दश हजार सवारी र पाँच हजार मानिस नियन्त्रणमा

bagamati-police-1589435230.jpg

 बागमती प्रदेशका १० जिल्लामा लकडाउन उलंघन गर्नेलाई केहीदिन देखि कडाइ गरिएको छ । लकडाउन उलंघन गर्ने व्यक्ति र सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कार्बाही गर्ने गरेको छ । बितेको चैत ११ गतेदेखि लकडाउन उलंघन गर्ने १० हजार ९२ वटा सवारीका साधनलाई विहिबार बिहान सम्म नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरक्षिक बसन्त कुमार लामाले जानकारी दिए।

प्रदेशका काठमाण्डौ उपत्यकाका तीन जिल्ला भन्दा बाहिरका १० जिल्लामा लकडाउनको उलंघन गरेर सवारीका साधन सञ्चालनगर्नेलाई नियन्त्रणमा लिएर कार्बाही गरिएको डीआइजी लामाले वताए । लकडाउन उलंघन गर्ने ४ हजार ८ सय २० जना मानिसलाई पनि नियन्त्रणमा लिइएको उनले वताए । लकडाउनको समयमा सडकमा समुह भएर हिड्ने, बिना कामले ओहोर दोहोर गर्नेलाई नियन्त्रणमा लिइएको हो ।

लकडाउन कार्यान्वयनका लागि दुईदिन देखि भने एक जिललबाट अर्को जिल्लामा जानेलाई कडाइ गरिएको छ । काठमाण्डौ उपत्यका प्रवेसमा झनै कडाइ गरिएको उनले जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) का संक्रमित नेपालका विभीन्न जिल्लामा देखापर्न थालेपछी यस जिल्लाबाट अरु जिल्ला प्रवेसमा झनै कडाइ गरिएको उनले वताए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०