Tuesday, 25th August, 2026
वि.स.

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय १२ पुग्यो

corona-1592206372.jpg

 बागमती प्रदेशमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ ।
आईतबार बागमती प्रदेशमा थप २७ संक्रमित थपिएका छन् । यो संगै बागमती प्रदेशमा संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार आईतबार थपिनेमा धादिङका २५ जनामा ६ महिला र १९ पुरुषहरु रहेका छन् भने रामेछापका २ पुरुष रहेका छन् ।यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ भने रामेछापमा संक्रमितको संख्या २१ पुगेको छ ।

यसैगरि हालसम्म बागमती प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ भने कोरोना निको हुनेको संख्या ४६ रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif