Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो, ९४ जनाको मृत्यु

positive-1599806026.jpg

 बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या १३ हजार नाघेको छ ।

प्रदेशमा बिहिवार थप ६०० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १३ हजार ११५ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईका अनुसार, बिहिवार प्रदेशको काठमाडौंमा ४९३, ललितपुरमा ४३, भक्तपुरमा ३३, नुवाकोटमा १, चितवनमा १८, सिन्धुलीमा १, मकवानपुरमा ३, रामेछापमा २, दोलखामा ३, काभ्रेमा २ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रदेशको रसुवा र धादिङमा भने बिहिवार कोरोना संक्रमित नथपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कूल कोरोना संक्रमितमध्ये ६ हजार ७ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने ९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै, प्रदेशमा हाल ५४६ जना क्वारेन्टाइनमा, १ हजार ३१७ जना होम क्वारेन्टाइनमा, ३ हजार ४१६ जना आइसोलेशनमा बस्दै आएका छन् ।प्रदेशमा हालसम्म कोरोना संक्रमणको आशंकामा ७८ हजार ३५० जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०