Tuesday, 25th August, 2026
वि.स.

बागमती प्रदेशमा एकैपटक ३२ पुल उद्घाटन

Pul-1595422639.jpg

 बागमती प्रदेश सरकरले दुईवर्ष निर्माण गरेको ३२ वटा पुलको ७ साउनमा उद्घाटन गरेको छ ।  भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा भएको एक कार्यक्रमबिच मुख्यमन्त्री पौडेलले पुलको सामुहिक उद्घाटन भएको बताएका हुन् । प्रदेश सरकारको काम नभएको र खारेज हुनुपर्ने चर्चा बेला मौकामा चलिरहँदा बागमती प्रदेश सरकारले भने छोटो अवधिमै त्यस्ता चर्चालाई खारेज गरिदिने गरी एकैदिन ३२ वटा पुल उद्घाटन गरेको हो ।

पुल उद्घाटन पछि बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले आफ्नो कामलाई निरन्तर अघि बढाईराखेको बताए । उनले अब प्रदेशले गरको कामको नतिजाहरु देखिन थालेको समेत बताए । प्रदेश सरकारले के गर्न सक्यो र भन्नेहरुको लागि यति छोटो समयमा पनि यति धेरै योजना निर्माण गर्न सकिनेरैछ भनेर प्रदेशले देखाएको उनको भनाई रहेको छ । मिडियाले पनि प्रदेशको गतिविधिलाई स्वस्थ ढंगबाट संप्रेशण गर्नुपर्नेमा उनले जोड दिए । उनले हामी ः हामी प्रदेशको धेरै विकास निर्माणको काममा लागेका छौ, तर मिडियाहरु भने एउटै परेवाभिरमा अल्झिनुभएको छ । उनले परेवाभिरबाट बाटो नबन्ने समेत बताए ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले चालु आर्थिकवर्ष भित्र १०० वटा पुल निर्माण सम्पन्न गरिसक्ने दाबी समेत गरे । उनले प्रदेश सरकारले विगत दुईवटा आर्थिक वर्ष भित्रमा ३२ वटा पुल सहित एक हजार तीनसय किलोमिटर सडक निर्माण सम्पन्न गरेको जानकारी दिए ।

प्रदेश सरकारले सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६ वटा पुल निर्माण सम्पन्न गरेको छ भने रसुवा बाहेक प्रदेशका सबै जिल्लामा पुलहरु निर्माण सम्पन्न भएकाछन् । आगामी एक महिनाभित्र अरु डेढदर्जजन पुल तयार हुने जनाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकले देलखा र सिन्धुपाल्चोकमा गरी सबैभन्दा धेरै ९ वटा पुल निर्माण सम्पन्न गरेको छ ।

त्यस्तै पूर्वाधार विकास कार्यलय, ललितपुर र पूर्वाधार विकास कार्यालय, काभ्रेले छ÷छ वटा, पूर्वाधार विकास कार्यालय, चितवनले ५ वटा, पूर्वाधार विकास कार्यालय, नुवाकोटले चारवटा र पुर्वाधार विकास कार्यालय, रामेछापले दुईवटा पुल निर्माण सम्पन्न गरेकाछन् । मन्त्री फुयालले प्रदेशका कुनैपनि क्षेत्रलाई विकट क्षेत्रको रुपमा नछोडिने बताए ।

मन्त्री फुयालले प्रचुर सम्भावनाले घेरिएर रहेको तर सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको विभिन्न क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारका अन्य मन्त्रालय तथा मुख्यमन्त्री डोरमणि पौडेल एवं संघीय सरकारसंग समेत छलफल गरेर अगाडि बढ्ने बताए । जनताले प्राप्त गर्ने सेवा सुविधाका हिसाबले गाउँ र शहर बीच भिन्नता हुनु नहुने उनले उल्लेख गरे । “प्रदेशको सबैभन्दा विकट धादिङको रुवीभ्याली, काभ्रेको महाभारत, मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका हो, तर अब ती स्थानहरुलाई सुगम बनाउन प्रदेश सरकार लागि पर्छ” मन्त्री फुयालले भने ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif