Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशका ३ मन्त्री सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान

badi-1594280535.jpg

 बागमती प्रदेशको सिन्धुपाल्चोकको जम्बुमा गएराति भारी वर्षासँगै आएको बाढीले २ जनाको मृत्यु र दर्जन भन्दा बढि बेपत्ता तथा घाईते भए संगै घटनाबारे बुझ्न तथा घाइतेहरुको उद्धारको लागि प्रदेशका तीन मन्त्रीहरु हेटौंडाबाट बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल हेलिकप्टर मार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

गएराति भारी वर्षासँगै आएको बाढीले बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको ज्यान गएको छ । घटनामाा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०