Sunday, 23rd August, 2026
वि.स.

बागमती प्रदेशका स्वाथ्यकर्मीलाई प्रोत्साहन भत्ता 

Yuwaraj-1587564255.jpg

बागमती प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारको समन्वयमा सबै प्रदेशमा एकरुपता आउनेगरी बागमती प्रदेशमाका वास्थ्यकर्मीहरुलाई, जोखिम भत्ता, वीमा तथा क्षतिपूर्तिको व्यवस्था गरिने भएको छ । बागमती प्रदेश सरकारले कोरोना भाइरस विरुद्ध गरेका कामहरुको समिक्षा तथा साझा अवधारणाका लागि एकदिने कार्यशाला १० वैशाखमा हेटौंडामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलाले यस्तो बताएका हुन् । 

मन्त्री दुलालले सरकारले जथाभावी विषाणु नासक औषधीहरु छर्कन रोक लगाउने समेत बताए । संक्रमित क्षेत्रहरुमा मात्र छर्कनुपर्ने विषाधीहरु ‘फेसन’ को रुपमा जताततै छर्किएको भन्दै यस्तो गर्नाले आगामी दिनमा अस्पताल लगायत अत्यावश्यक क्षेत्रका लागि विषाणु नाषक औषधीहरुको अभाव हुनसक्ने उल्लेख गरे । कार्यक्रममा कोरोना भाइरस, यसको परीक्षण विधि, सावधानीका तौरतरिका आदिमा उच्चपदस्थ व्यक्तित्वहरुमा समेत अलगअलग बुझाई रहेको पाइएकाले विज्ञहरु मार्फत त्यसको समाधानगरी समान बुझाई बनाउन कार्यक्रम आयोजना गरिएको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । 

सामाजिक विकास मन्त्रालयको सभाकक्षमा भएको कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश स्वाथ्य निर्देशनालयका निर्देशक, विशेषज्ञहरु एवं चिकित्सकहरुको उपस्थितिमा कोभिड १९ नियन्त्रण तथा उपचारमा प्रदेश सरकारका तर्फबाट भएका कामहरुको बारेमा जानकारी गराइएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०