Tuesday, 25th August, 2026
वि.स.

बागमतीमा तीनजना बालिका बेपत्ता

bepatta-1598172585.jpg

रौतहटस्थित बागमती नदीमा आइतबार बिहान पौडी खेल्ने क्रममा डुबेर तीनजना बालिका बेपत्ता भएका छन् । रौतहटको गढिमाई नपा ७ धरमपुर टोलका भदै मुखियाको १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छटु मुखियाकी १० वर्षीया छोरी चन्चल कुमारी मुखिया गाउँ नजिकै रहेको बामती नदीमा नुहाउने क्रममा बेपता भएका छन् ।

बालिकाहरु नदीमा हराएको खबर पाउनासाथ  धरमपुर चौकी, समनपुर इलाका प्रहरी कार्यालयबाट खटीएको प्रहरीको टोलीले र स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif