Tuesday, 25th August, 2026
वि.स.

बाइरोडको बाटोमा कुनै अवरोध छैन है  !

निरन्तरको वर्षाले आएको बाढीका कारण संघीय राजधानी भित्रने सबै सडकहरु अवरुद्ध भैरहेको बेला त्रिभुवन राजपथ (बाइरोड)मा भो कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पालुङले दिएको जानकारी अनुसार–‘त्रिभुवन राजपथको नौबिसे हेटौंडा सडक खण्डको कहिँकतै अवरो छैन ।’ सडक अवरोध भए तत्काल जानकारी गराउन समेत पालुङ प्रहरीले अनुरोध गरेको छ । 

पृथ्वरिाजमार्गको मौवाखोला पुलमा सडक अवरुद्ध भएपछि उक्त सडक भएर संचालन हुने सवारीहरु पनि त्रिभुवनराजपथ भएर संचालन भैरहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif