Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाँकेको क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु

yuba-1589693087.jpg

बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका एक जना २५ वर्षीय युवकको आइतबार बिहान ४ बजे मृत्यु भएको छ । गाउँपालिकाको मटैया(५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।

नतिजा आइनसकेकाले उनको मृत्यु कोरोना भाइरसले भएको हो या होइन भन्नेमा पृष्टि भइनसकेको बाँकेका जनस्वास्थ्य फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

क्वारेन्टाइनका इन्चार्ज प्रेम बुढाका अनुसार मृतकलाई राति अचानक बान्ता आएपछि जीवनजल खान दिइएको थियो । जीवनजल खाएको दुई घन्टासम्म पनि उनको बान्ता नरोकिएको र उनको मृत्यु भएको बुढाले जानकारी दिए ।

दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका चार जनामा यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ । बान्ता भएकै कारण युवकको मृत्यु भएकाले क्वारेन्टाइनमा रहेका २ सय ३ जनासहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत त्रासमा रहेको बुढाले बताए ।

मृतक युवक भारतको महाराष्ट्रदेखि आएका थिए । हिँडेरै आएका उनी सीमामा हप्तौ बसेको इन्चार्ज बुढाले जानकारी दिए । नरैनापुर गाउँपालिकामा भारतदेखि आएका ५ सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये पीसीआर परीक्षणबाट ८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०