Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]

त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलास गाउँपालिका गोगनेकी २५ वर्षिया कमला दोङ र डाँडाखर्कका ३० वर्षिय कुन्साङ लामा रहेका छन् । कमलाको उपचारको क्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजाँदै गर्दा र कुन्साङको उपचारार्थ काठमाण्डौं लैजादै गर्दा बाटैमा मृत्यू भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक बिरेन्द्रकुमार पासवानले बताए ।

घाइते हुनेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रिनेश अधिकारीले बताए । उनीहरुको काठमाण्डौंस्थित शहीद मेमोरियल र अल्का अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा २२ दिनको सुत्केरी समेत छन् । मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ४५६७ नम्बरको बस दुर्घटना भएको थियो । गाडी सडकबाट करिब एकसय मीटर तल खसेको थियो ।