Thursday, 20th August, 2026
वि.स.

बस्ती संरक्षणका लागि तटबन्ध गरिदै

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ मा झिँगटीद्धर टोल नजिकै घर्तिखोलामा तटबन्धन कार्य शुरु भएको छ । 

थाहा शीतभण्डार निर्माण स्थल कालाभैरब चौर (विकास चौर) छेवैको खोलामा तटबन्धन गरिएको निर्माण समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । शीतभण्डार तथा खोला छेउको बस्ती र खोतीयोग्य जमिन संरक्षणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा उक्त तटबन्धनका लागि ३० लाख रुपियाँ विनियोजन गरेको थियो । 

तटबन्धन परियोजना अन्तर्गत खोला गहिराउने, जाली लगाउने, ह्युम पाइप राख्ने तथा सिंचाइ कुलो व्यवस्थित गर्ने कार्य गरिने समितिका अध्यक्ष विष्टले जानकारी दिए । तटबन्धनको धेरै काम सकिसकेको उनले जानकारी दिए ।  खोला तटबन्धनसंगै सोही तटबन्धनको किनाराबाट सडक बनाइने योजना समेत रहेको अध्यक्ष विष्टको भनाइ छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०