Monday, 17th August, 2026
वि.स.

बसिफाँट माविको अध्यक्षमा बिनोद लामा निर्विरोध 

मकवानपुर नामटार गाविस वडा नम्बर १ मा रहेको श्री लेकाली बसिफाँट मावि व्यवस्थापन समितिको अध्यक्षमा बिनोद लामा निर्विरोध निर्वाचित भएका छन् । संशोधित शिक्षा ऐन अनुसार बसिफाँट माविले नयाँ व्यवस्थापन समिति पाएको हो  । 

बसिफाँट माविमा २५ माघमा भएको अभिभावक भेलाले लामालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । व्यवस्थापन समितिको सदस्यहरुमा संस्थापक मध्येबाट जाइटी नेपालको प्रतिनीधि, शिक्षक प्रतिनिधि सुकलाल वाइवा, शिक्षाप्रेमी मध्येबाट शान्ति रुम्बा तथा सोम बहादुर थिङ, इन्द्रकुमारी लामा, शान्ति रुम्बा (बल) चयन भएका हुन् । समितिको सदस्य सचिवमा प्रधानाध्यापक एलएल मण्डल रहेकाछन् । 

नवनिर्वाचित अध्यक्ष लामाले लेकाली बसिफाँट माविलाई आवासिय विद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयलाई कक्षा १२ सम्मको स्तरोन्नतीकोलागि लागि पहल गर्ने बताउँदै विद्यालयमा भर्चुयल कक्षा संचालन गर्ने बताएकाछन् । कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको बसिफाँटमा माथिल्लो कक्षामा पनि विस्तार गरिने अध्यक्ष लामाले बताए ।

लामा यस अघि दुई कार्यकाल लेकाली बसिफाँट माविको अध्यक्ष भइसकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif