Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

accident-new-1607673997.jpg

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०