Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बली दिन भारत लगिदै गरेका दुई युवतीको उद्धार

ubati-1601528105.jpg

 सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट प्रहरीले दुई युवतीलाई उद्धार गरेको छ ।उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई युवती रहेका छन् ।

सप्तरी घर भएका ती दुई युवतीलाई बली दिन भारततर्फ लैजाँदै गरेको अवस्थामा सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

 प्रहरीले भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका –४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान प्रहरीले बताएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०