Tuesday, 25th August, 2026
वि.स.

बलात्कारको प्रतिकार गर्दा १२ वर्षीया बालिकाको हत्या !

balatkar-1601198859.jpg

विराटनगर । सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ ।

बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताएको छ ।

हत्यामा संलग्नको आशंकामा प्रहरीले स्थानीय रञ्जित राईसहित ८ जनालाई पक्राउ गरेको थियो । तर अरु ७ जना रिहा भएका छन् भने रञ्जितमाथि अनुसन्धान सुरु गरेको छ ।

‘शुक्रबार राति ७–८ जना युवकसँगै थिए, तर बालिका सुतेको कोठामा रञ्जित मात्रै प्रवेश गरेको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ‘बालिकाले प्रतिकार गर्ने क्रममा हातमा टोकेको देखिन्छ ।’

राति बाबुआमासँगै छिमेकीको घरमा धामी हेर्न गएकी मिना राई निद्रा लागेपछि मध्यरातमा एक्लै घर फर्किएकी थिइन् । परिवारका सबै सदस्य धामी हेर्न जाँदा ढोकामा चाबी लगाएका कारण उनी झ्यालबाट आफ्नो कोठामा सुत्न गएकी थिइन् ।

राति ११ बजे बालिकाको घरमा सामान किन्ने बाहनामा आएका रञ्जित झ्यालबाट बालिका सुतेको कोठामा प्रवेश गरेको प्रहरी स्रोतको भनाइ छ । रञ्जितले घरेलु मदिरा सेवन गरेका थिए, बालिकाले हात टोकेको रिसमा उनले बोतलले बालिकाको टाउकोमा प्रहार गरे । त्यसपछि घाँटी थिचेर बालिकाको मृत्युपछि बाहिर निस्केको प्रहरी स्रोतको दावी छ ।

घटनामा रञ्जितको मात्र संलग्नता देखिएपछि अन्यलाई छाडिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif