Wednesday, 26th August, 2026
वि.स.

बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ

pakarau-1607684235.jpg

मोरङमा बलात्कारमा परेकी युवती पक्षलाई पाँच लाख रुपैयाँ दिएर घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् ।

गएको भदौमा धनपालथान गाउँपालिका ५ मा खेतमा मल छरिरहेकी २१ वर्षीया युवतीमाथि बेलबारी नगरपालिका ८ का सुरेशकुमार खवासले बलात्कार गरेर भागेका थिए । घटनापछि पीडित युवतीका परिवारलाई पाँच लाख रुपैयाँ दिएर मिलापत्र गराइएको थियो ।

मिलापत्र गराउने धनपालथान गाउँपालिकाका धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, जगतनारायण खवास र बेलबारी नगरपालिकाका मथालु खवासलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बलात्कार गरेर फरार रहेका सुरेशकुमार खवास मङ्सिर १९ गते पक्राउ परेपछि घटना मिलापत्र भएको खुलेको प्रहरीले जनाएको छ ।

मिलापत्र गराएको कागजातसमेत बरामद गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif