Monday, 24th August, 2026
वि.स.

बलात्कारको आरोपमा मकवानपरका एक युवा पक्राउ

rape-1591177376.jpg

मकवानपुर प्रहरीले बलात्कार गरेको आरोपमा मकवानपुरका एकजना युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका वडा नंबर १ का १८ वर्षीय सुमन वाईवा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए ।

वाईवाले मकवानपुरकै इन्द्रसरोबर गाउँपालिकाकी एक युवतीलाई छुरी देखाएर बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पीडित युवतीले मंगलबार प्रहरीमा उजुरी दिएपछि वाईवा पक्राउ परेका हुन् । इन्द्रसरोबर क्षेत्रमानै सबारी चालकको रुपमा काम गर्ने वाईबाको विषयमा थप अनुसन्धान भैरहेको रानाले बताए । पीडित युवतीलाई प्रहरीले हेटौंडा अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा आवश्यक स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि रेफर गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif