Wednesday, 26th August, 2026
वि.स.

बलात्कारको आरोपमा कैलाशका एकजना पक्राउ

pakrau1-1609493432.jpg

 मकवानपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ३ का ३२ वर्षीय सुरेन मोक्तानलाई पक्राउ गरेको हो ।

पुस १५ (बुधबार) उनलाइ पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

घरमा कोही नभएको अवस्थामा ती किशोरीलाई मोक्तानले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मोक्तानमाथि आवश्यक अनुसन्धानका साथै कानुनी कार्वाही अगाडी बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif