Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बलत्कार गर्ने वृद्धलाई ११ वर्ष कैद 

53471995-1475116078.jpg

मकवानपुरमा अपांगता भएकी बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले एक वृद्धलाई ११ वर्ष कैद फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको १२ असोजको इजलासले भैंसे २ का ६३ वर्षीय अर्जुन भन्ने भक्तबहादुर रानामगरलाई १४ वर्षीयालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो । बालिका बलात्कारमा ६ वर्ष र अपांगलाई गरेकोमा ५ वर्ष गरी ११ वर्ष कैद तोकेको स्रेस्तेदार अनन्तराज मरासिनीले जानकारी दिए ।